Logo

सुनको मूल्य एकैदिन ७ हजारले बढ्यो, हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य एकैदिन ७ हजारले बढ्यो, हालसम्मकै उच्च विन्दुमा



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले बढ्दै ३ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्