काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढ्दै ३ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो ।