Logo

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढ्दै २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ८५ रुपैयाँले घट्दै ३ हजार २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्