Logo

विपिन जोशीको शव आज नेपाल ल्याइँदै, प्रधानमन्त्रीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने

विपिन जोशीको शव आज नेपाल ल्याइँदै, प्रधानमन्त्रीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने



काठमाडौँ । दुई वर्षअघि हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको शव आज नेपाल आइपुग्दै छ । इजरायल सरकारले फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ पठाएको छ ।

आइतबार शव पठाउनुअघि तेलअभिभमा आयोजित कार्यक्रममा इजरायली सरकारी अधिकारी, नेपाली दूतावासका प्रतिनिधि, नेपाली समुदाय तथा विपिन बसेको किबुज आलुमिमका बासिन्दाले उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजे आइपुग्ने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले विपिनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि शव महेन्द्रनगर पुर्‍याएर परिवारले अन्तिम संस्कार गर्नेछ । काठमाडौँबाट विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्