Logo

लक्ष्मी पुजाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लक्ष्मी पुजाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार लक्ष्मी पुजाको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै ३ हजार द्द सय ८० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्