Logo

राष्ट्रपति र जेनजी प्रतिनिधिबीचको बैठक स्थगित, सोमबार बस्ने

राष्ट्रपति र जेनजी प्रतिनिधिबीचको बैठक स्थगित, सोमबार बस्ने



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा जारी छलफलमा प्रधानमन्त्री कार्की मन्त्री र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुङ्गाना मात्र सहभागी थिए। छलफलमा सुशासन, संविधान संशोधनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

आगामी निर्वाचनमा केन्द्रित भएर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो । युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा आकस्मिक समस्या आएको छ । जेन(जी युवाहरुसँग छलफलमा रहेको बेलामा नै राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएको हो ।

वार्तामा बसेको बेलामा नै चक्कर लाग्ने र बान्ता आएपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ । अहिले स्वास्थ्य जाँच (टेस्ट) गरिएको छ । अस्पतालमा नै भर्ना गरेर उनको उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ । यससागै राष्ट्रपति र जेनजी प्रतिनिधिबीचको बैठक स्थगित भएको र बैठक अब सोमबार बस्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्