Logo

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक : यी हुन् अन्तरराष्ट्रिय भ्रमणदेखि निर्वाचन मितिसम्मका मुख्य बुँदा

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक : यी हुन् अन्तरराष्ट्रिय भ्रमणदेखि निर्वाचन मितिसम्मका मुख्य बुँदा



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकका मुख्य निर्णयहरूबारे जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सिफारिसमा मोरक्कोमा मंसिर ८ देखि ११ गतेसम्म आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरीका अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । त्यस्तै, राष्ट्रिय सभाको रिक्त सदस्य पद पूर्तिका लागि माघ ११ गते (आइतबार) निर्वाचनको मिति तोकेको छ ।

बैठतले सरकारी सेवाहरूलाई प्रचलित कानूनअनुसार सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित भएमा राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीसँग विद्युतीय रूपमा जोड्ने निर्णय पनि गरेको छ । यसले विभिन्न सेवाहरूमा नागरिकको पहिचान सजिलै प्रमाणित गर्न सहयोग पुग्नेछ ।

मन्त्रिपरिषद्को बैठकका अन्य प्रमुख निर्णयहरू यस प्रकार छन् :
१ संसदीय सुविधामा परिवर्तन : संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा संशोधन गरी पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाउने ।
२ अन्तर्राष्ट्रिय कृषि सम्मेलन : मंसिर ६ देखि १३ गतेसम्म पेरूमा हुने इन्टरनेसनल ट्रीटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ११औँ अधिवेशनमा डा। गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति ।
३ इन्टरपोल महासभा : मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरीका अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति ।
४ राष्ट्रिय सभा निर्वाचन : रिक्त पद पूर्तिका लागि माघ ११ गते आइतबार निर्वाचन मिति घोषणा ।
५ राष्ट्रिय परिचय प्रणालीसँग सेवाहरू जोड्ने स् निम्न सेवाहरूलाई सुरक्षा मापदण्ड पूरा भएमा राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीमा पहुँच उपलब्ध गराउने :

वैदेशिक रोजगार सम्बन्धी सेवा
अदालतका मुद्दा व्यवस्थापन सम्बन्धी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवा
स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहद तथा विपद् व्यवस्थापन सम्बन्धी
अध्यागमन सेवा सम्बन्धी
बन्दीको पहिचान, प्रमाणीकरण तथा बन्दीहरूका विवरण सम्बन्धी

६ संगठनात्मक पुनर्संरचना : समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत राखेर पूर्ण संगठन तथा व्यवस्थापन संरचना स्वीकृत ।
७ नेपाल–युरोपेली संघ बैठक : बेल्जियमको ब्रसेल्समा हुने नेपाल–युरोपेली संघबीचको संयुक्त आयोगको १६औँ बैठकमा परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति ।
८ विश्व सामाजिक विकास शिखर सम्मेलन : कतारको दोहामा कात्तिक १७ देखि २० गतेसम्म हुने सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्टमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत ।
९ नेपाली सेनामा बढुवा : नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने ।
१० शिक्षा सम्मेलन : मंसिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा हुने छैटौँ सेसन अफ द टोकियो कन्भेन्सन कमिटीरनवौँ सेसन अफ द बैंकक कन्भेन्सन कमिटीमा शिक्षा सचिव चूडामणि पौडेललाई सहभागी हुन स्वीकृति ।
११ नियमावली स्वीकृति : छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ लाई स्वीकृति ।
यी निर्णयहरूले सरकारको अन्तर्राष्ट्रिय सहभागिता, आन्तरिक प्रशासनिक सुधार र डिजिटल सेवाको विस्तारमा जोड दिएको छ । थप विवरणका लागि सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्