Logo

भैरहवामा एयर एसियाको पुनः उडान सुरु, सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान गर्ने

भैरहवामा एयर एसियाको पुनः उडान सुरु, सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान गर्ने



काठमाडौं । थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो।

थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

आज १७ जना यात्रु लिएको आएको विमानले जाँदा १६७ यात्रु लिएर जाने तयारी गरेको उनले बताए । आज लामो समयपछि फस्ट उडान भएका कारण आउँदा थोरै यात्रु आए पनि जाँदा धेरै भएको उनले बताए ।

थाइल्यान्डको बैंककबाट भैरहवा उडान गर्नको लागि एयर एसियाले गत असारमै अनुमति लिएर टिकट खुल्ला गरेको थियो। उडानका लागि टिकट बिक्री पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्