Logo

फेरि सत्तामा फर्किने ओलीको संकेत, भने–एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्दा हुन्छ

फेरि सत्तामा फर्किने ओलीको संकेत, भने–एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्दा हुन्छ



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् ।

बुधबारदेखि सुरु भएको एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशको लागि एमाले चाहिने बताए । एकछिन सरकारबाट हट्दैमा एमाले सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न उनले आग्रह गरे ।

‘देशका लागि नेकपा (एमाले) चाहिन्छ । अहिले हामी एकछिन सरकारबाट हट्यौं भनेर अब सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला कतिपयले । यो भ्रममा कोही पनि नपर्दा हुन्छ भन्ने म ठान्छु,’– उनले भने ।

उनले एमाले सरकारमा भएकै बेला चीनसँट ट्रान्स्पोर्ट ट्रान्जिट एग्रिमेन्ट भएको, दैलेखमा ग्यास खानीको सर्वेक्षण गरेको, नवलपरासीको धौवादीमा फलाम कारखानाको सम्भाव्यताका अध्ययन सुरु गरिएको बताए । ती कामहरु असाधारण महत्वका रहेको र अबको केही समयपछि नेपालले व्यवसायिक उत्पादन सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्