Logo

प्रभु ग्रुपका अध्यक्ष भट्टचन किन पक्राउ परे ? यस्तो छ सिआइबीको दाबी

प्रभु ग्रुपका अध्यक्ष भट्टचन किन पक्राउ परे ? यस्तो छ सिआइबीको दाबी



काठमाडौँ । व्यवसायी देवीप्रकाश भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ। नेकपा (एमाले) बाट निर्वाचित पूर्व सांसदसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो .

प्रहरी स्रोतका अनुसार उनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परेको थियो। उनी सहकारी ठगी प्रकरणमा समेत मुछिएका थिए।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रभु ग्रुपभित्रबाटै उजुरी दिइएको भए पनि उक्त उजुरी लामो समयसम्म प्रहरी कार्यालयमा निष्क्रिय रहेको थियो । प्रहरीका अनुसार उनलाई रेमिटेन्स सम्बन्धी ठगी कसुरमा पक्राउ गरिएको हो । उनीमाथि बुधबार म्याद थप गर्ने र यस घटनाबारे थप जानकारी दिने सिआइबीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्