Logo

प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, यी हुन मन्त्रीको चर्चामा रहेका चार नाम

प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, यी हुन मन्त्रीको चर्चामा रहेका चार नाम



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। बालुवाटार स्रोतका अनुसार उनको मन्त्रिपरिषद्‌मा पर्यटन, स्वास्थ्य, खेलकुद र श्रमसहित चार नयाँ मन्त्री थपिने भएका छन्।

स्रोतका अनुसार गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने तयारी भएको छ। यी चार नयाँ मन्त्री थपिएपछि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ १२ सदस्यीय बन्नेछ।

प्रतिक्रिया दिनुहोस्