Logo

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ, भेप प्रकरणमा अनुसन्धान हुँदै

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ, भेप प्रकरणमा अनुसन्धान हुँदै



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा आईतबार प्रक्राउ परेका हुन् ।

महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो । उनलाई सीआइबीको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्