Logo

नेप्सेमा सूचीकृत १६ कम्पनीको लाभांश घोषणा : नौ कम्पनीको सेयर किन्नेले अझै पाउछन् लाभांश

नेप्सेमा सूचीकृत १६ कम्पनीको लाभांश घोषणा : नौ कम्पनीको सेयर किन्नेले अझै पाउछन् लाभांश



काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत १६ कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने मध्ये ७ कम्पनीको बुक क्लोज भइसकेको छ भने ९ कम्पनी बुक क्लोज हुन बाँकी रहेको छ । तसर्थ, बुक क्लोज हुन बाँकी कम्पनीको सेयर खरिद गर्दा लगानीकर्ताले अझै लाभांश हात पार्न सक्नेछन् ।

बुक क्लोज हुन बाँकी ९ कम्पनीमध्ये २ वटाले मात्रै बुक क्लोजको मिति तय गरेका छन् । बाँकी ७ कम्पनीको बुक क्लोजको मिति तय हुन बाँकी रहेको छ । हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा युनिलिभर कम्पनी रहेको छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई १ हजार ८४२ प्रतिशत लाभांश घोषणा गरेको छ । यसको बुक क्लोजको मिति भने तय हुन बाँकी रहेको छ ।

हाल नेप्सेमा २५३ वटा कम्पनीहरु सूचीकृत रहेका छन् । चालु आर्थिक वर्षको ३ महिना सकिन लाग्दा १६ कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नियामकिय प्रावधानअनुसार चालु आर्थिक वर्ष सुरु भएको छ महिनाभित्र अर्थात पुस मसान्तसम्म सूचीकृत कम्पनीले अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यद्यपि, विगतलाई हेर्दा सूचीकृत कम्पनीहरुले अन्तिम समयमा मात्रै लाभांश घोषणा र एजीएम बोलाउँदै आएका छन् । विशेषत पुस महिनामा सूचीकृत कम्पनीहरुलाई लाभांश घोषणा र साधारण सभाको चटारो सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्