काठमाडौं । नेपाली बजारमा तिहार विदाका करिव ६ दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको सोमबारयता सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला २ सय ६५ रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँ कायम भएको छ । यसअघि तिहारविदा अघि नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।







