काठमाडौं । बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । नेपालीविरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबी सहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो ।
मेयर नेपाली हाल सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ ।
यसअघि मेयर नेपालीविरुद्ध सहकारी ठगीमा अभियोजन दर्ता भएकोमा सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप मुद्दा चलाइएको हो ।