काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आईतबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो । यसअघि शुक्रबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि ७५ रुपैयाँले घट्दै ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।