Logo

गुहेश्वरीको छठ पूजामा राष्ट्रपति पौडेल सहभागी, प्रधानमन्त्री कार्की सवा ४ बजे कमलपोखरी जाने

गुहेश्वरीको छठ पूजामा राष्ट्रपति पौडेल सहभागी, प्रधानमन्त्री कार्की सवा ४ बजे कमलपोखरी जाने



काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गरेका छन् ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए ।

राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीलगायलतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री कार्की छठ पूजाका लागि सवा ४ बजे कमलपोखरी जाने

प्रधानमन्त्री सुशीला कार्की छठ पूजाको लागि आज सवा ४ बजे कमलपोखरी जाने भएकी छिन् । प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार उनी सवा ४ बजे कमलपोखरीको छठ पूजामा सहभागी हुनेछिन् ।

छठ पूजाको लागि कमलपोखरी हिजोदेखि नै सजाईएको छ । यसअघिका प्रधानमन्त्रीहरु पनि छठ पूजामा सरिक हुन कमलपोखरी जाने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्