काठमाडौं । सोमबार कोसी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो स्थानमा मौसम सफा रहने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, दिउँसो : सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाड भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ। आंशिक बदली भनेको आकाशमा पातलो रूपमा बादल लाग्नु हो भनै मौसम मुख्यतया सफा भनेको लगभग आकाश पूरै सफा रहनु हो।