Logo

किर्ते गरी दर्ता नभएका औषधि आयत, कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सकी सञ्चालक सुवेदी पक्राउ

किर्ते गरी दर्ता नभएका औषधि आयत, कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सकी सञ्चालक सुवेदी पक्राउ



काठमाडौं । कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि.की अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले लिखत सम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको हो । सिआइबीको टोलीले शुक्रबार काठमाडौं–३१, शंखमूलस्थित निवासबाटै सुवेदीलाई नियन्त्रणमा लिएको थियो ।

सीआईबीका अनुसार सुवेदीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले जारी गरेको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयत गरेकी थिईन् । अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरू विभिन्न भन्सार कार्यालयमा पेस गरी आयात गरिएको सीआईबीको अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्