Logo

कार्यक्रममा बोल्दाबोल्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

कार्यक्रममा बोल्दाबोल्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगको विद्युत कटौतीको विरोध कार्यक्रममा भाषण गरिरहेका बेला ढलेका नेपाल ट्रेड युनियन महासङ्घ(जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

बिहीबार दिउँसो भैरहवास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि आयोजित विरोध कार्यक्रममा बोलिरहेका बेला एक्कासी ढलेका जिफन्टका उपाध्यक्ष गौतमको उपचारको क्रममा निधन भएको हो । एक्कासी ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो ।

अस्पतालले उनको मृत घोषणा गरेको बुटवल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुरज भट्टराईले जानकारी दिएका छन् ।

विरोध कार्यक्रममा गौतमले उद्योगीहरूले नियमित रूपमा मासिक रूपमै विद्युत महसुल तिर्दै आएकोमा एक्कासी ४ वर्षको बिल थमाउँदा उनीहरू पीडित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्