काठमाडौं । नेकपा (एमाले) का सचिवालय बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित गरिएको हो ।
आज स्थगित भएको एमाले सचिवालय बैठक भोलि विहान ११ बजेदेखि बस्ने बताइएको छ । सत्ताच्युत भएपछि एमाले अध्यक्ष ओली हाल भक्तपुरस्थित गुण्डुमा बस्दै आएका छन् । ओलीले पार्टीका बैठक र गतिविधिहरु पनि गुण्डुबाट नै सञ्चालन गरिरहेका छन् ।
हिजो (शुक्रबार) गुण्डुमा सचिवालय बैठक बसेको थियो । ओलीले आज आराम गरेर भोलि बैठक अगाडि बढाउने बताइएको छ ।