काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ९ सय २० रुपैयाँ कायम भएको छ । यसअघि सोबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।







