Logo

इजरायलले भन्यो-विपिन जोशी जीवित छैनन्, परिवारलाई गरायो जानकारी

इजरायलले भन्यो-विपिन जोशी जीवित छैनन्, परिवारलाई गरायो जानकारी



काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले विपिनको परिवारलाई यस्तो जानकारी दिएको हो ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट बन्धक बनाएर लगेको थियो। उनको रिहाइको मागमा नेपाल सरकार र परिवारले निरन्तर पहल गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्