काठमाडौं । सेयर बजारका लगानीकर्ताहरु बजार घटेपछि आन्दोलनमा उत्रिने प्रवृत्ति छ । यस प्रवृत्तिले बजार झन् प्यानिक बन्दै आएको जानकारहरु बताउँछन् । केन्द्रीय बैंकले सेयर बजार त्री नीति लिएको र नियामक निकाय पनि सेयर बजार सुधारको पक्षमा रहेको बेला सेयर बजारका लगानीकर्ता भने अन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारी लगानीकर्ताका कारण सेयर बजार थप प्यानिक बन्दै गएको छ ।
बजारमैत्री नीति आउँदा पनि सेयर बजारमा निरन्तर रुपमा प्यानिक सेल आउन थालेपछि लगानीकर्ता आइतबार साँझ नेपाल धितोपत्र बोर्ड घेराउ गर्न पुगे । सेयर बजारको नियामक निकायले कार्यदलको सुझाव कार्यान्वयनमा विलम्ब गरेको लगानीकर्ताको आरोप छ । बोर्ड घेराउ गर्न पुगेका लगानीकर्ताहरुले ११ बुँदे माग राख्दै तत्काल कार्यान्वयन गर्न दबाब दिएका थिए ।
तथापि, उनीहरुको आन्दोलनका बीच पनि सेयर बजारले गिरावटलाई निरन्तरता दिएको छ । अहिले नेप्से परिसूचक २५ सयको बिन्दु वरपर छ । यो समाचार तयार गर्दा (११ः३४ बजे) सम्म नेप्से परिसूचक २ हजार ४९६.९३ को बिन्दुमा आएको छ ।