Logo

आज सरकार, दल र जेन-जीबीच त्रिपक्षीय बैठक हुँदै, को-को हुँदैछन सहभागी ?

आज सरकार, दल र जेन-जीबीच त्रिपक्षीय बैठक हुँदै, को-को हुँदैछन सहभागी ?



काठमाडौं । आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ। बुधबार दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो।

निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका अगुवा सहभागी हुनेछन्।

सरकार र राजनीतिक दलबीच पटक पटक बैठक बसिरहेका छन्। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्