Logo

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज असोज २२ गते बुधबार पनि सुनको भाउ बढेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । मंगलबार सुन २ लाख ३४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ भने घटेको छ । यसदिन चाँदी प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्