काठमाडौँ । देशभर आज मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यसै गरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।