Logo

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए । आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो। कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।

आईपीओमा मागभन्दा ८.६४ गुणा बढी आवेदन परेकाले बाँडफाँट गोलाप्रथाको आधारमा गरिएको हो।

आईपीओमा २ लाख ५१ हजार ४९ जनाले १०/१० कित्ता सेयर प्राप्त गरेका छन् । जसमध्ये तीन जनाले अतिरिक्त १/१ कित्ता थप पाई ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

आईपीओमा कुल १६ लाख ९१ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ ।

आईपीओको अन्तिम नतिजा सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको वेबसाइट https://result.nabilinvest.com.np/search/ipo-share र सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login मार्फत् हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्