काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।
अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ । यस आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो ।
गोलाप्रथाबाट बाँडफाँड हुने आईपीओमा २ लाख ५१ हजार ४९ जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् । जसमध्ये ३ जनाले भने थप १/१ कित्ता सेयर पाउने छन् ।







