Logo

तीन कम्पनीको २३ करोड रुपैयाँको ‘एफपीओ’ आउँदै, लघुवित्तको सेयर आफ्नो बनाउने अवसर

तीन कम्पनीको २३ करोड रुपैयाँको ‘एफपीओ’ आउँदै, लघुवित्तको सेयर आफ्नो बनाउने अवसर



काठमाडौं । तीन कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एफपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिनेमा मातृभूमि लघुवित्त, नेशनल लघुवित्त र विजय लघुवित्त रहेका छन् ।

तीन कम्पनीले २२ करोड ८६ लाख ६९ हजार रुपैयाँ बराबरको झण्डै्र २३ लाख कित्ता एफपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । यी कम्पनीलाई धितोपत्र बोर्डले एफपीओ निष्काशनको लागि अनुमति दिएको खण्डमा धितोपत्र बजारमा २२ लाख ८६ हजार ७ सय कित्ता सेयर थपिनेछ ।

मातृभूमि लघुवित्तले ११ करोड ४९ लाख ९८ हजार २५९ रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ निष्काशनको लागि अनुमति मागेको हो । जसअनुसार यस कम्पनीले ११ लाख ४९ हजार ९८३ कित्ता सेयर जारी गर्नेछ । यस कम्पनीले साउन ४ गते धितोपत्र बोर्डमा एफपीओ निष्काशनको लागि अनुमति मागेको हो ।

त्यस्तै, नेशनल लघुवित्तले ६ करोड ६९ लाख ९० हजार २७ रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड समक्ष अनुमति मागेको छ । कम्पनीले पहिले १ सय अंकित मूल्यमा एफपीओ जारी गर्नको लागि अनुमति मागेपनि पछि प्रतिकित्ता २७० रुपैयाँ ४९ पैसामा एफपीओ जारी गर्ने जनाएको छ ।

यता, विजय लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको एफपीओ निष्काशनको लागि धितोपत्र बोर्ड समक्ष अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको हो । कम्पनीले पहिलोपटक २०८१ असोज २३ गते एफपीओ निष्काशनको लागि अनुमति मागेको हो ।

प्रतिक्रिया दिनुहोस्