Logo

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफामा २४१ प्रतिशतको उछाल, सेयर मूल्य ३ प्रतिशतले बढ्यो



काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले २४१ प्रतिशत नाफा वृद्धि गर्दै १ सय मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको छ। यो उपलब्धिले सेरेसलाई चीनका इनोभेटिभ र लाभदायी अटोमेकर कम्पनीहरू मध्ये एकको रूपमा उभ्याएको छ।

कम्पनीको बिक्री राजस्व पनि ३ अर्ब अमेरिकी डलर नाघेको छ, जसको प्रमुख कारण ऊर्जा(कुशल र स्मार्ट फिचरयुक्त सवारीसाधनहरूको बढ्दो माग हो। नवप्रवर्तन, दिगोपन र ग्राहकमुखी डिजाइनमा केन्द्रित सेरेसले स्मार्ट मोबिलिटी समाधानहरूद्वारा विश्वव्यापी वातावरणीय लक्ष्यहरूमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

आर्थिक विवरण सार्वजनिक भएपछि सेरेसको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको छ, जसले लगानीकर्ताहरूको विश्वासलाई झल्काउँछ। कम्पनीले अझ बढी रेन्ज, पर्फर्मेन्स र स्मार्ट फिचर भएका नयाँ गाडीहरू चाँडै सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ।

सेरेसले आफ्नो विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा पनि गरेको छ। यसले चीनबाहिर विद्युतीय सवारीमा रूपान्तरणमा सेरेसको अग्रणी भूमिकालाई पुष्टि गर्छ।

त्यसैगरी, सेरेस थ्री मोडेलले इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्ड जित्दै न्यू इनर्जी भेहिकल बजारमा आफ्नो नवप्रवर्तन क्षमताको प्रमाण दिएको छ। चीनको लक्जरी सवारी बजारमा समेत सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको छ।

अग्रगामी रणनीति र भविष्यमुखी सोचका साथ, सेरेस ग्रुपले चीन तथा विश्वव्यापी ईभी उद्योगमा आफ्नो प्रमुख भूमिकालाई थप सशक्त बनाउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्