Logo

गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निः शुल्क सर्भिस क्याम्प सम्पन्न, ८० भन्दा बढी सेवाग्राही सहभागि

गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निः शुल्क सर्भिस क्याम्प सम्पन्न, ८० भन्दा बढी सेवाग्राही सहभागि



काठमाडौं । नेपाल ल्युब आयलल नुवाकोटमा तीन दिने निः शुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । आफ्नो आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेज मार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प बैशाख १६ देखि १८ सम्म सम्पन्न गरिएको हो । नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नया वर्ष अफर पनि प्रदान गरिएको थियो ।

laxmi

सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५% र स्पेयर पार्ट्स खरिदमा ७% सम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाउनु भएको थियो। क्याम्पमा ग्राहकहरुको लागि जलपानको पनि उत्कृष्ट व्यवस्था गरिएको थियो ।

क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जानकारी दिएको छ । क्याम्पको बारे प्रतिक्रिया दिदै सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले भने, ‘गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता थियो। उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए। आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL