Logo

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा र बुक क्लोजको मिति पनि तय



काठमाडौं । हिमालयन डिष्टिलरीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये २० प्रतिशत बोनस सेयर रहेको छ र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले कात्तिक ३० गते आइतबार वार्षिक साधारण सभा डाकेको छ । वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा बिहान १० बजे शुरु हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्