Logo

सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो

सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो



काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर २ हजार ५७१ दशमलव ३४ अंकमा आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

आज ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि आइतबार २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज कारोबारमा आएकामध्ये २३६ कम्पनीको सेयर भाउ बढेको छ भने १२ कम्पनीको घटेको छ ।

यसदिन सबैभन्दा धेरै कमाउनेमा न्यादी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा हिमालयन पावर पर्टनरका लगानीकर्ता रहेका छन् । यहि कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्