काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ ।
कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा ३४.२२ अंकले बढ्दै बन्द भएको हो । आज नेप्से विन्दु २६ सय मा पुगेर रोकिएको छ ।
कारोबार अवधिभर बिहीबार कुल ३ सय १९ कम्पनीका २ करोड ६० लाख १० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये २ सय १६ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिँदा २८ कम्पनीको सेयरमूल्य घटेको छ । यससँगै आज २ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट पनि लागेको छ ।







