काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते आइतबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ११ गते बुक क्लोज गर्दैछ । भोली अर्थात कात्तिक १० गते छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।
गत वर्षको नाफाबाट यस कम्पनीले लगानीकर्तालाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न युनिलिभर नेपालले कात्तिक २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा द एभरेष्ट होटल नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो साढे ४ बजे शुरु हुनेछ ।







