Logo

बजारमा कारोवार रकम र परिसुचक दुवै खुम्चियो, लगानीकर्ता भन्छन्, अव नेप्से १२ सयमा झर्छ

बजारमा कारोवार रकम र परिसुचक दुवै खुम्चियो, लगानीकर्ता भन्छन्, अव नेप्से १२ सयमा झर्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारमा नेप्से परिसुचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । केही समययता वियरिस ट्रेण्ड समाएको नेप्स परिसुचक आज पनि २५ दशमलव ३६ अंकले घट्न पुगेको छ ।

केही समय अघि उच्च रुपमा घटेको नेप्से त्यसयता सामान्य बढेको थियो । उक्त समयमा कारोवार रकम केही बढेर सोही अनुरुप नेप्से पनि उनकालो लागेको थियो । तर, बजारमा पछिल्लो समय पुनः नेप्से ओरालो लाग्ने क्रम जारी रहेको छ ।
बजारबाट प्रायःजसो ठूला लगानीकर्ता उच्च विन्दुमै बारिरिसकेको र केही लगानीकर्तालाई ५ सय र १ हजारका भारतीय रुपैयाँमा लगाएको बन्देजले असर पुर्याउँदा सस्तो भएपनि सेयर विक्री गर्दै वाहिरने क्रम बढेको छ । पछिल्लो समय बजारमा साना लगानीकर्ताहरुबीच मात्र बढी कारोवार हुँदा नेप्से परिसुचक र कारोवार रकम दुवै ओरालो लाग्न पुगेको हो । बढ्दो बैंक व्याजदर, स्रोत नखुलेको रकममा नियामक निकायको निगरानी, रेमिट्यान्स आप्रवाहमा गिरावट र ठूला लगानीकर्ताहरु घरजग्गा कारोवारतर्फ आकर्षिक हुँदा बजारमा नकारात्मक असर पर्न गएको छ ।

पछिल्लो समय बजार केही स्थिर भएर घट्न शुरु भएको र अव नेप्से परिसुचक १२ सयमा ओर्लने एक लगानीकर्ताले बताए । ‘अव नेप्से परिसुचक १ वर्ष अघिको अवस्था अर्थात १२ सय अंकमा झर्छ,’ ती लगानीकर्ताले भने, ‘तसर्थ १२ सय अंक नपुग्दै आफुसँग भएको सेयर बेच्नु भनेको पनि कमाउनु सरह नै हुनेछ ।’

बुधबार पनि बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लाग्न पुगेको छ । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ७८ अंकले ओरालो लागेको छ भने उत्पादनमुलक समुहको परिसुचक पनि ८६ अंकले घटेको छ । बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुक पनि बुधबार २७ दशमलव ३२ अंकले घटेको छ । जुन बजारको लागि नराम्रो संकेत हो । तर, बजारमा होटल र व्यापार समुहका परिसुचक भने सामान्य बढेको छ ।

बुधबार कारोवार रकममा पनि उच्च गिरावट आएको छ । अधिल्लो दिन कुल ६८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज ४८ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । नेप्से परिसुचक र कारोवार दुवै ओरालो लाग्नु भनेको घट्दो बजारमा नराम्रो संकेत भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बोनस सेयरपछि मूल्य समायोजन भएसँगै एभरेष्ट बैंकको सेयर कारोवारमा पनि उच्च गिरावट आएको छ । मंगलबार २९ करोड रुपैयाँको सेयर कारोवार भएको एभरेष्ट बैंकको बुधबार ३ करोड ८८ लाख रुपैयाँमा खुम्चिएको छ । तथापि कारोवार रकमको आधारमा भने पहिलो स्थानमै रहन सफल भएको छ । बजारमा कुनै पनि कम्पनीको ४ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री हुन सकेन । दिनभर कुल १ सय ३१ कम्पनीको ६ लाख ९६ हजार कित्ता सेयर किनेवेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This