Logo

पाँच दिनसम्म चलेको चेम्वर एक्स्पो सकियो, ७५ हजारले गरे अवलोकन

पाँच दिनसम्म चलेको चेम्वर एक्स्पो सकियो, ७५ हजारले गरे अवलोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटी मण्डपमा संचालित चेम्बर एक्स्पो सकिएको छ । असोज ७ गतेदेखि चलेको चेम्बर एक्स्पो मंगलबार सकिएको हो ।

नेपाल चेम्वर अफ कमर्सद्वारा संचालित उक्त एक्स्पोमा करिव ७५ हजार जनाले अवलोकन गरेका छन् । मेलामा नेपाल, जापान, कोरिया, चीन, भारत, बंगलादेश, मलेशिया गरी करिव १ सय ५० वटा कम्पनीहरुको सहभागीता रहेको थियो । १ सय ७५ वटा स्टल रहेको मेलाको मुख्य प्रायोजन जापानको माउण्ट फुजी स्प्रिड्डसले गरेको थियो भने डाइमण्ड स्पोन्सर ट्रेड लिंक इन्टरनेशनल र हेरिटेज कार्पेट गोल्ड स्पोन्सर रहेका थिए ।

यसैगरी प्रभु इन्स्योरेन्स अफिसियल इन्स्योरेन्सका रुपमारहेको उक्तमेलामा कृषि, हस्तकला, फर्निचर, तयारी पोशाक, निर्माण सामाग्री, छाला तथा छालाजन्य उत्पादनका साथै सवारी साधन, विद्युत तथा विद्युतीय सामान, किचन सामाग्री, फेशन, लगायतका बस्तुहरुको प्रदर्शनी रहेको थियो ।

नेपालजापान कुटनैतिक सम्वन्ध स्थापनाभएको ६० औं वर्ष पुगेको अवसरमा जापानले मेलामा साझेदार राष्ट्रको रुपमा सहभागिता जानएको थियो । चेम्बरले मेलाको दोस्रो दिन नेपाल–जापान सम्वन्धको चिरायुको कामनागर्दै कान्थिपथदेखि बसन्तपुरसम्म प्रभातफेरीको आयोजना समेत गरेको थियो ।

मेलाले नेपाली कृषिउत्पादन, हस्तकला, तयारी पोशाक, निर्माण सामाग्री, छाला तथा छालाजन्य बस्तु लगायतअन्यउत्पादनहरुको सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा उजागर गर्न तथा उत्पादनको बजारीकरण गर्न अन्तरराष्ट्रिय व्यापारिक समुदायलाई नेपालमा लगानीको अवसरबारे जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This