Logo

नेप्से परिसूचक ५.१९ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो

नेप्से परिसूचक ५.१९ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो



काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५.१९ अंकले बढेर २ हजार ५०९ दशमलब ०४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १४६ कम्पनीको सेयर भाउ घटेको छ भने ९८ कम्पनीको बढेको छ ।

यता, कारोबार रकम भने सामान्य घटेको छ । यसदिन २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच भएको छ । कात्तिक २ गते आइतबार २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसदिन सबैभन्दा धेरै कारोबार नेपाल रिइन्सुरेन्सको भएको छ । यस कम्पनीको ३२ करोड ४९ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्