काठमाडौं । मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन नेप्से परिसूचक १९ दशमलब ४३ अंकले घटेर २ हजार ५२८ दशमलब ४३ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका मध्ये २१४ कम्पनीको सेयर भाउ घटेको छ भने ३३ कम्पनीको बढेको छ । आज शुभम् पावर र ग्रामिण विकास लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । १० उपसूचक घटेका छन् भने ३ बढेको छ । सबैभन्दा धेरै घट्नेमा जीवन र निर्जीवन बिमा उपसूचक रहेका छन् ।