Logo

नेप्सेमा ७८.८३ अंकको पहिरो, कारोबार रकम भने बढ्यो

नेप्सेमा ७८.८३ अंकको पहिरो, कारोबार रकम भने बढ्यो



काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७८.८३ अंकले घटेर २ हजार ५ सय ३ दशमालव ८३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ९ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २४२ कम्पनीको घटेको छ । साथै, सबै उपसूक घटेका छन् ।

यता, बिहीबारको तुलनामा आज आइतबार कारोबार रकम भने बढेको छ । यसदिन ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार ५ अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले सेयर बजारका लगानीकर्ताले राखेको अधिकांश मागलाई सम्बोधन गरिदिएको छ । यता, पछिल्लो समय बैंकको ब्याजदर निकै तल आएको छ । अधिकंश बैंकहरुको सेयर कर्जाको ब्याजदर एकल अंकमा रहेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ ।

सबै हिसाबले माहोल सेयर बजार मैत्री भएपनि बजार सकारात्मक गतिमा अगाडि बढ्न सकेको छैन । यसको प्रमुख कारण भनेको पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीतिक रहेको सेयर बजारका अग्रज लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्