Logo

नाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिँदै उड्ने कार, चांगानले प्रदर्शन गर्ने

नाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिँदै उड्ने कार, चांगानले प्रदर्शन गर्ने



काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अटो कम्पनी चांगान ले नेपालमै पहिलोपटक फ्लाइङ कार (उड्ने कार) प्रदर्शन गर्ने भएको छ।

नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू ग्रुप मार्फत नेपाल भित्र्याउन लागिएको यो फ्लाइङ कार यस वर्षको अटो शोको मुख्य आकर्षण हुने आयोजकले जनाएका छन्। फ्लाइङ कारको यस्तो प्रत्यक्ष प्रदर्शन नेपालमै पहिलो पटक हुन लागेको हो।

फ्लाइङ कारको विकासमा संलग्न चांगान अटोमोबाइलको रणनीतिक साझेदार हो, अर्बन एयर मोबिलिटी सोलुसन डेभलपर कम्पनी ईहांग। चांगानले विकास गरेको यस फ्लाइङ कारमा इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ प्रविधि समावेश गरिएको छ। यसले कम उचाइमा उडान व्यवस्थापन गर्ने प्रविधि प्रयोग गर्छ, जुन कम्पनीको अत्याधुनिक गाडी उत्पादन क्षमतासँग मिलाइएको छ।

चांगानले यो प्रविधिमा आउँदो पाँच वर्षमा २० अर्ब युवान (झण्डै ३.८ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्