Logo

दोहोरो अंकले बढ्यो बजार, पौने ३ अर्बको कारोबार

दोहोरो अंकले बढ्यो बजार, पौने ३ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १६.६७ अंकले बढ्दै २५ सय ३ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कुल ३ सय २३ कम्पनीका ६१ लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ७९ करोड ११ लाख रुपैयाँ माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिँदा ७८ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।

आज सेयरमूल्य उकालो लागेकामध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै आज कारोबारमा आएकामध्ये विकास बैंक, म्युचुअल फण्ड र निर्जीवन बीमाबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This