काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा २२.५८ अंकले घट्दै २५ सय ५ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १८ कम्पनीका ७६ लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १० करोड १८ लाखमा सीमित भएको छ । पछिल्लो समय लगातार कारोबार रकममा भने गिरावट आईरहेको छ ।
आज कारोबारमा आएकामध्ये २०६ कम्पनीको सेयरमूल्य घट्दा ४० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचकमा गिरावट देखिएको छ ।