काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । यसदिन नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर २ हजार ५६६ दशमलव १६ को बिन्दुमा आएको छ । मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेको थियो ।
यता, यसदिन कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यसअघि मंगलबार ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १५९ कम्पनीको सेयर भाउ घटेको छ भने ८५ कम्पनीको बढेको छ । यसदिन सबैभन्दा धेरै कमाउनेमा खानीखोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा ज्योति विकास बैंक बोण्ड २०८७ का लगानीकर्ता रहेका छन् ।
आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ६५ लाख २९ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबारमा आएकामध्ये ४ उप समूहको सेयर भाउ बढेको छ भने ९ को घटेको छ ।







