Logo

एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?

एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?



काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणको सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यमा ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

यस कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङडबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा लगानीकर्तालृ कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् । तथापि, यस अवधिमा माग बमोजिम आवेदन नपरे मंसिर ३ गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला रहनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्