Logo

उच्च अंकले बढ्दै सेयर बजार २८ सय विन्दुमाथि, कारोबार रकममा पनि सुधार

उच्च अंकले बढ्दै सेयर बजार २८ सय विन्दुमाथि, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ५० अंक आसपास वृद्धि हुँदा नेप्से विन्दु २८ सय माथि पुगेको छ ।

आज धेरैजसो लगानीकर्ताहरु विकास बैंक समुहमा झुम्मिँदा सेयरबजारमा उछाल आएको देखिन्छ । आज विकास बैंक समुहको परिसुचकमा ३.५९ प्रतिशतको वृद्धि देखिएको छ । यस्तै आज व्यापार समुहको परिसुचकमा २.८७ प्रतिशतको वृद्धि देखिँदा अतिरिक्त समुहको परिसुचकमा २.२१ प्रतिशतको वृद्धि देखिन्छ ।

यस्तै लगानी समुहको परिसुचकमा २.३८, जीवन बीमा समुहको परिसुचकमा २.३९, वित्त समुहको परिसुचकमा २.१५ र उत्पादनमुलक समुहको परिसुचकमा २.७४ प्रतिशतको वृद्धि देखिन्छ ।

आज कुल ३ सय १७ कम्पनीका १ करोड ४९ लाख ८६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ६८ करोड ३३ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २ सय ३२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्