Logo

आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने, यसरी पाईन्छ रिवार्ड

आइएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने, यसरी पाईन्छ रिवार्ड



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । आफ्ना ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।

सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने जानकारी दिएको छ। रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।

सो रिवार्ड पोइन्ट कारोवार गर्दै जाँदा जोडिँदै जाने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This