Logo

असोज २ गतेसम्म सेयर कारोबार स्थगित

असोज २ गतेसम्म सेयर कारोबार स्थगित



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दोस्रो बजार कारोबार अस्थायी रूपमा स्थगित गर्ने भएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० र ९१ बमोजिम तथा नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि नेप्सेले मिति २०८२ भदौ २९ गतेदेखि असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय गरेको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले शुक्रबार जारी गरेको विज्ञप्तिमा तोकिएको अवधिभर कारोबार बन्द हुने भएकाले सम्पूर्ण लगानीकर्तालाई जानकारी गराइएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This