Logo

अख्तियारको सक्रियतापछि नेप्सेबाट बाहिरिँदै फुयाल, रोजगारीको जोहो गर्न अन्तर्वार्ताका लागि पुगे एनआरएन

अख्तियारको सक्रियतापछि नेप्सेबाट बाहिरिँदै फुयाल, रोजगारीको जोहो गर्न अन्तर्वार्ताका लागि पुगे एनआरएन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतापछि निरन्जन फुयाल नेप्से बाट बाहिरिन लागेका छन् । आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दमा पर्ने भएपछि उनी रोजगारीको लागि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा अन्तर्वार्ता दिन पुगेका हुन् ।

उच्च स्रोतका अनुसार उनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टमा सिइओको लागि अन्तर्वार्ता दिन आज दिउँसो एनआरएन कार्यालय कमलादी पुगेका थिए । नेप्से भित्र बसेर नेप्सेको आइपी प्रयोग गरी कारोबार गरेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आधा दर्जनभन्दा बढी उजुरी दर्ता भएका छन् ।

उनले नेप्सेमा बसेर आफू विरुद्धका प्रमाण लुकाउँदै आए पनि पछिल्लो समय अख्तियारले कारबाही प्रक्रियालाई एग्रेसिभ रुपमा अगाडि बढाएपछि उनी नेप्सेबाट बाहिरिन लागेका हुन् । नेप्सबाट आफू विरुद्धका प्रमाण अख्तियारमा पुग्ने भएसँगै उनले पछिल्लो समय नेप्सेका सिइओ र अध्यक्षको राजीनामा माग्दै आएका छन् ।

बोनसको विषयलाई लिएर नेप्सेका कर्मचारीको आन्दोलन भनिए पनि उनले आफू विरुद्धका प्रमाणीत नै भएपछि अध्यक्ष र सीइओको राजीनामा माग गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । जसका कारण पछिल्लो समय नेप्सेमा बोनसका मुद्दालाई अघि सार्नुभन्दा अध्यक्ष सीइओको राजीनामालाई उच्च प्राथमिकताका साथ अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्